लिभरपरको कठिन जित « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

लिभरपरको कठिन जित


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत लिभरपुलले कठिन जित हात पारेको छ।

लिभरपुलले बुधबार राति भएको खेलमा वेस्ट ह्याम युनाइटेडलाई १-० ले पराजित गरेको हो।

घरेलु मैदान एन्फिल्डमा भएको खेलमा डार्विन नुनेजले गरेको एकमात्र गोल जितका लागि पर्याप्त बन्यो। उनले खेलका २२औँ मिनेटमा गोल गरेका थिए।

खेलमा जित निकालेसँगै १० खेलबाट १६ अंक जोडेको लिभरपुल सातौँ स्थानमा छ भने वेस्टह्याम ११ अंकसहित १३औँ स्थानमा छ।

Tags :
प्रतिक्रिया दिनुहोस