विपक्षी गठबन्धन अपवित्र हो : माधव नेपाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विपक्षी गठबन्धन अपवित्र हो : माधव नेपाल


१ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई अप्राकृतिक भन्ने विपक्षी गठबन्धनलाई सशक्त रूपमा काउन्टर जवाफ दिन कार्यकर्तालाई निर्देशन दिएका छन्।

ललितपुर ३ मा मङ्गलवार भएको संयुक्त सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

‘गठबन्धनबारे प्रश्न उठ्ला, यो गठबन्धन प्राकृतिक हो कि अप्राकृतिक भनिएला। यस्तो भन्नेलाई काउन्टर प्रश्न तेर्स्याउनुपर्छ। यदि सत्ता गठबन्धन अप्राकृतिक भन्छन् भने विपक्षी गठबन्धन अप्राकृतिक र अपवित्र दुवै हो,’ उनले भने।

नेकपा एमालेको नेतृत्वमा विपक्षी गठबन्धन छ। उनले सत्ता गठबन्धन संविधान र लोकतन्त्र जोगाउनका निम्ति बनेको बताए।

अध्यक्ष नेपालले सत्ता गठबन्धनको साझा प्रतिबद्धता बुधबार सार्वजनिक हुने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस