२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवौँ राष्ट्रिय खेलकुद : कराँतेमा पुलिस अब्बल

अ+ अ-

कुश्मा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कराँतेमा विभागीय टोली नेपाल पुलिस क्लब अब्बल निस्केको छ । पुलिस क्लबले हालसम्म छिनोफानो भएका आठमध्ये चार स्वर्ण आफ्नो पोल्टामा पारेको छ । पुलिसले दुई रजत र दुई कास्य पदकसमेत प्राप्त गरेको छ ।

आइतबारसम्मको नतिजाअनुसार अन्य दुई विभागीय क्लब सशस्त्र प्रहरी बल (एपीएफ) र त्रिभुवन आर्मी क्लब पनि कराँतेमा बलिया देखिएका छन् । त्रिभुवन आर्मी क्लब दुई स्वर्ण र दुई रजत प्राप्त गर्दै दोस्रो स्थानमा तथा एपीएफ क्लब दुई स्वर्ण र तीन कास्यका साथ दोस्रो स्थानमा रहेको छ ।

योबाहेक सात प्रदेशको प्रदर्शन भने फितलो रहेको छ । प्रदेश नं १ ले दुई रजत र तीन कास्य, वाग्मतीले एक रजत र दुई कास्य, गण्डकीले एक रजत र एक कास्य, लुम्बिनीले तीन कास्य तथा कर्णाली र सुदूरपश्चिम प्रदेशले एक एक कास्य पदक प्राप्त गरेका छन् ।

महिला ५५ किलो तौल समूहमा नेपाल पुलिस क्लबकी सोनी राईले स्वर्ण जितिन् । सो स्पर्धामा प्रदेश नं १ की विद्याकला राईले रजत तथा गण्डकीकी अनु गुरुङ र एपीएफकी मनिषा चौधरीले कास्य प्राप्त गरेका छन् । यस्तै पुरुष ७५ किलो कुमुतेतर्फ पुलिस क्लबकै गङ्गाराम कुशवारले स्वर्ण हात पारे । गण्डकी प्रदेशका प्रतिक घर्तीमगरले रजत तथा बागमतीका रोशन बलामी र प्रदेश १ का रुरिहाङ राईले कास्य प्राप्त गरे ।

यसैगरी महिला ६१ किलो तौल समूहमा पुलिस क्लबकी अनु अधिकारीले स्वर्ण जितिन् । सो स्पर्धामा पुलिसकै अर्मिला डिसीले रजत प्राप्त गरिन् भने एपीएफकी अस्तर राई र लुम्बिनीकी रविना घर्तिमगरले कास्य प्राप्त गरे । यस्तै पुरुष ८४ किलोमाथिको तौल समूहमा पुलिस क्लबकै विप्लव श्रेष्ठले स्वर्ण जित्दा आर्मी क्लबका विपिनराजसिंह धामीले रजत तथा एपीएफका दिगम्बरप्रसाद पन्त र नारायणबहादुर गुरुङले कस्यमा चित्त बुझाए ।

यस्तै, पुरुष टिम कातातर्फको स्वर्ण पदक विभागीय टोली एपीएफ क्लबले जित्यो । सो स्पर्धामा पुलिस क्लब दोस्रो तथा प्रदेश १ र वाग्मतीले कास्य पदक प्राप्त गरे । यसअघि पुलिस क्लबले महिला व्यक्तिगत कातातर्फ स्वर्ण जितेको थियो । पुलिसकी चञ्चला दनुवार पहिलो भइन् । सो स्पर्धामा आर्मीकी सङ्गीता मगरले रजत तथा कर्णालीकी एलिसा रस्कोटी र सुदूरपश्चिमकी वर्षा साउदले कास्य पदक प्राप्त गरिन् ।

यसैगरी महिला टिम कातातर्फ आर्मीका सुनिता मगर, रिना श्रेष्ठ र निशा घर्तीले स्वर्ण जिते । प्रदेश नं १ का रोश्मा राई, समिता राई र विद्याकला राईले रजत जिते । वाग्मतीका सञ्जु देशार, नानु शाक्य र सिर्जना महतरा तथा पुलिस क्लबकी चञ्चला दनुवार, सरु कार्की र तप्पी थापाले कास्य पदक प्राप्त गरे । पुरुष व्यक्तिगत कातातर्फ एपीएफका सोनिम मानन्धरले स्वर्ण, बागमतीका रेहान जावेदले रजत तथा प्रदेश १ का आशिष मगर र पुलिस क्लबका महसुस तामाङले कास्य जिते ।

आज कराँतेका पुरुष ६० किलो, महिला ६८ किलो माथि, पुरुष ६७ किलो, महिला ६८ किलोमुनि र पुरुष ८४ किलोमुनि तौल समुहको फाइनल खेल हुँदै छन् ।

प्रतिक्रिया दिनुहोस