२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घनश्याम भूसाललाई समर्थन गर्दै एमालेका ३१ जनाले दिए सामूहिक राजीनामा

अ+ अ-

काठमाडौँ । नेकपा एमालेबाट दुई जना लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जना नेता-कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् । रुपन्देहीको क्षेत्र नं १ का मतदाता रहेका उनीहरूले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

साथै उनीहरूले प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही १ बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिएका घनश्याम भूसाललाई सहयोग गर्ने घोषणा गरेका छन् ।

रुपन्देही १ अन्तर्गत रोहिणी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष तथा एमाले प्रदेश कमिटी सदस्य सनोजकुमार यादव, एमाले प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका कमिटी सचिव इन्द्रजीत कुमार राय लगायतले पार्टी त्यागेको घोषणा गरेका हुन् ।

सनोज गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट पालिका प्रमुख पदका प्रत्यासी थिए । पार्टी परित्याग गरेका उनीहरूले क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका एमाले पूर्वउपमहासचिव घनश्याम भूसाललाई समर्थन गरेको बताए ।

पार्टीमा निरङ्कुशता र इमान्दार नेताकार्यकर्तालाई पाखा लगाउने काम भएको आरोप उनले लगाए ।

प्रदेश सदस्यबाट राजीनामा दिएका अर्का नेता शैलेन्द्र उपाध्यायले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा तानाशाही प्रवृत्ति देखाउने गरेको आरोप लगाए ।

पार्टीबाट राजीनामा दिने अन्य कार्यकर्तामा रोहिणी गाउँ पार्टी कमिटीका पदाधिकारी, सदस्य, वडा कमिटीका पदाधिकारी तथा सदस्य र युवासंघका स्थानीय नेता-कार्यकर्ता छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विपक्षीलाई सहयोग गरेको आरोप लगाउँदै उनीहरूले राजीनामा दिएका हुन् । ‘पार्टी राम्रो हुँदाहुँदै पनि पार्टीमा नीति नभई व्यक्ति हाबी भएको, पार्टी अध्यक्षको निरङ्कुशता, इमान्दार नेतालाई पाखा लगाइएको, चरम गुटबन्दी, स्थानीय निर्वाचनमा पार्टी नेतृत्वको असहयोग जस्ता विभिन्न कारणले गर्दा हामी एमालेमा रहन सकेनौँ’, उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रुपन्देही–१ बाट नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धनबाट प्रतिनिधिसभाका लागि एमालेका छविलाल विश्वकर्मा, प्रदेशसभा सदस्यको लागि एमालेकै दधिराम न्यौपाने र राप्रपाका आशीष चौधरीले उम्मेदवारी दिएका छन् ।

नेता भुसालले भने सम्पूर्ण सामर्थ्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावना नदेखेपछि आफूले पार्टी छाड्ने निर्णय गरेको बताएका थिए ।

भुसालले रुपन्देही १ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने इच्छा देखाएका थिए । प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी र जिल्ला कमिटीले भूसालको नाम सिफारिस गरेपछि प्रदेश कमिटीले रुपन्देही १ बाट सचिव छविलाल विश्वकर्माको नाम मात्रै सिफारिस गरेको थियो ।

प्रतिनिधिसभाको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका भूसालको प्यानलमा नेपाली काँग्रेसका विश्वनाथ यादव र अब्दुल रज्जाकले प्रदेशसभाका लागि उम्मेदवारी दिएका छन् ।