निर्वाचन क्षेत्र बाँडफाँटबारे अन्तिम टुङ्गो लगाउन गठबन्धन बैठक जारी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

निर्वाचन क्षेत्र बाँडफाँटबारे अन्तिम टुङ्गो लगाउन गठबन्धन बैठक जारी


१८ आश्विन २०७९, मंगलबार


काठमाडौँ। निर्वाचन क्षेत्र बाँडफाँटबारे अन्तिम टुङ्गो लगाउन सत्ता गठबन्धनका नेताहरूको बैठक जारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान सुरु भएको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँट विवाद मिलाउन प्रयास हुने बताइएको छ।

सोमबार बिहानदेखि रातिसम्म बसेको बैठकले सहमति गर्न सकेको थिएन। त्यसैले मंगलबार बिहान ८ बजे बस्ने गरी सोमबारको बैठक स्थगित भएको थियो।

बैठकमा नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई दिन लागिएको सिट थोरै भएको अडान राखेका थिए। यादवले गठबन्धनबाटै बाहिरिने सम्मको चेतावनी दिँदै आएका छन्। 

बैठकमा काँग्रेस र जसपा दुवैको दाबी रहेको मधेस प्रदेका कतिपय निर्वाचन क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा गर्नेबारे समेत छलफल भएको थियो। कतिपय क्षेत्रमा काँग्रेस र माओवादीबीचमा पनि सहमति जुट्न सकेको छैन।

रोल्पा रुकुमका प्रदेश सभामा काँग्रेसको दाबी भए पनि माओवादीले त्यसको सट्टामा काँग्रेसको प्रभाव क्षेत्रमा दाबी गरेको छ। त्यस्तै जाजरकोटका दुवै प्रदेश सभा काँग्रेसले दाबी गरेको छ भने एउटा प्रदेश सभा माओवादीले दाबी गरिरहेको छ।

स्रोतका अनुसार नेकपा माओवादी केन्द्र र नेकपा एसका बीचमा समेत केही क्षेत्रमा विवाद रहेको छ ।

अछाम, सल्यान, उदयपुर र खोटाङमा दुई दलबीच अझै विवाद बाँकी छ।

Tags :
प्रतिक्रिया दिनुहोस