२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धर्म निरपेक्ष राज्यमा चाडपर्वहरू राज्यको अंग बनेका छन् : अध्यक्ष तिमिल्सिना

अ+ अ-

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालका सामाजिक सांस्कृतिक चाडपर्व, मूल्य मान्यता, प्रचलन, रीतिरिवाज, परम्परा, संस्कार र संस्कृति राज्यको अभिन्न अंग भएको बताएका छ।

विजया दशमीको अवसरमा आफ्नो शुभकामना सन्देश जारी गर्दै उनले मुलुक बहुसांस्कृतिक विविधताले भरिपूर्ण भएको र संविधानले नेपाललाई धर्म निरपेक्ष राज्यका रूपमा उल्लेख गरेको बताएका छन्।

उनले राज्यको अभिन्न अंगको रूपमा रहेका चाडपर्व, मूल्य मान्यता, प्रचलन, रीतिरिवाज, परम्परा, संस्कार र संस्कृतिको सम्मान, संरक्षण र प्रवर्द्धन गर्न सकियो भने हाम्रा संस्कृति राज्यका अमूल्य सम्पत्तिको रूपमा रहने पनि उल्लेख गरेका छन्।

‘हाम्रो मुलुक बहु सांस्कृतिक विविधताले भरिपूर्ण छ। संविधानले नेपाललाई धर्म निरपेक्ष राज्यका रूपमा उल्लेख गरेको छ।जसले गर्दा सामाजिक–सांस्कृतिक चाडपर्व, मूल्यमान्यता तथा प्रचलनहरू,रीतिरिवाज, परम्परा, संस्कार, संस्कृति राज्यको अभिन्न अंगको रूपमा रहेका छन्,’ सन्देशमा भनिएको छ, ‘विभिन्न क्षेत्र तथा समुदायमा रहेको सांस्कृतिक विविधताको सम्मान, संरक्षण र प्रवर्द्धन गर्न सकियो भने हाम्रा संस्कृति राज्यका अमूल्य सम्पत्तिको रूपमा रहने छन्।’

यसले प्रत्येक व्यक्ति तथा समुदायको पहिचान सुनिश्चित गरी राज्यप्रति आम नागरिकको अपनत्व विकास गर्न सहयोग मिल्ने र त्यसले सङ्घीयता मजबुत बनाउन महत्त्वपूर्ण योगदान गर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ।

शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ।

बडादसैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमंगसहित सामाजिक–सांस्कृतिक एकता कायम राख्न प्रेरणा प्रदान गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न ऊर्जा मिलोस् भन्ने उनको शुभकामना छ। साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभियान सफल बनाउन र आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्ने विश्वास आफूले राखेको अध्यक्ष तिमिल्सिनाले बताएका छन्।

पारिवारिक जमघटको विशेष अवसरको रूपमा लिइने दसैँ बहु जातीय, बहुभाषिक, बहु धार्मिक, बहु सांस्कृतिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबिचको एकता कायम गर्न साथै सामाजिक–सांस्कृतिक परम्परा, ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्द्धनमा पनि महत्त्वपूर्ण रहेको शुभकामना सन्देशमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस