सरकार चुनावको तयारीमा रहे पनि डेंगु नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्छ : गगन थापा « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

सरकार चुनावको तयारीमा रहे पनि डेंगु नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्छ : गगन थापा


१४ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले डेंगुको प्रकोप नियन्त्रणमा सरकारले केही पनि गर्न नसकेको भन्दै आलोचना गरेका छन् । आफ्नै पार्टी नेतृत्वको सरकारको काममा पटक्कै चित्त नबुझेको उनले बताए ।

‘डेंगुलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने थियो । सरकारले काम गरेको छैन, पटक्कै चित्त बुझेको छैन,’ आज काठमाडौँको चाबहिलमा आयोजित एक कार्यक्रमा थापाले भने, ‘हामीले कोभिडको बेला अर्को सरकारलाई भन्यौं तर अहिले हाम्रै सरकारले काम गरेन ।’

सरकार अहिले चुनावको तयारीमा रहे पनि डेंगु नियन्त्रणलाई पनि प्राथमिकतामा राख्नुपर्ने भन्दै उनले आपतकालीन बैठक बसेर योजना बनाउनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस