खुम्बु पासाङल्हामु गाउँपालिकामा एमाले विजयी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

खुम्बु पासाङल्हामु गाउँपालिकामा एमाले विजयी


१७ असार २०७४, शनिबार


सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकामा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

पाँच वडा रहेको यस गाउँपालिकाका सम्पूर्ण वडा र गाउँपालिकामा नै एमाले विजयी भएको हो । गाउँपालिका अध्यक्षमा नेकपा एमालेका ङिमदोर्जी शेर्पाले उन्का निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारलाई २२ मतले पछि पार्दै अध्यक्ष पदमा विजयी भएका हुन् ।

उनले एकहजार ४२४ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखमा एमालेकै टासील्हामु शेर्पा एकहजार ४२१ मतसहित विजयी भएका निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए ।

यस्तै, नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चुङ्बा शेर्पाले एक हजार ४०२ उपप्रमुखमा नाङल्हामु शेर्पाले ८४६ मत प्राप्त गरेका छन् । पाँच वडा रहेको यस गाउँपालिकाको वडा नं. १ मा ङिमा दोर्जी शेर्पा, २ मा आङफुर्वा शेर्पा, ३ मा मिङ्मार छिरिङ शेर्पा, ४ मा लक्षण अधिकारी र ५ नं. वडामा छिरिङतेन्जु शेर्पा विजयी भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस