काठमाडौँ । ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा पनि प्रदर्शन हुने भएको छ । असोज ७ गते नेपाली र हिन्दी दुबै भर्सन एकै दिनमा प्रदर्शन हुने भएको हो ।
अहिले हिन्दी संस्करणको प्रचारका लागि भारतको पश्चिम बंगालमा रहेका निर्माता सन्तोष सेनले यसको पुष्टि गरे । ‘नेपाली वितरकसँगको सहमतिमै हिन्दी पनि ल्याउने निश्चित भएको छ,’ सेनले भने ।
‘मधेश बेल्टसँगै सिंगो कलाप्रेमी दर्शकको तीव्र मागलाई मध्यनजर गर्दै ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकैदिन लगाउने निर्णय गरेका छौं,’ सेनले भने, ‘टिजर, गीत र ट्रेलरबाट दर्शकले देखाउनुभएको मायालाई ख्यालमा राखेका छौं ।’