२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यार्थीको मूल्याङ्कनबारे यस्तो भन्छन् राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्मा 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यार्थीको गतिविधिलाई हेरेर मूल्याङ्कन गर्न सकिने स्थितिमा अहिल्यै नपुगेको बताएका छन् ।

बुधबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले आयोजना गरेको ‘राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित परीक्षा सञ्चालन तथा मूल्याङ्कन विधि समीक्षा’ कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले यस्तो बताएका हुन् ।

अध्यक्ष शर्माले विद्यालय तहबाटै मिहिनेत गर्न पर्ने भएकाले मूल्याङ्कन प्रणाली मात्रै सुधार गरेर नहुने जिकिर गरे ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनशका डीन प्रा.डा.बालचन्द्र लुइँटेलले विद्यालय शिक्षा गुणस्तर सुधार्न कक्षाकोठाको सिकाइ प्रभावकारी हुनुपर्ने र शिक्षक सिर्जनात्मक हुनुपर्नेमा जोड दिए ।

यस्तै प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले विद्यालय शिक्षाले विश्वविद्यालयका शिक्षालाई गुणस्तरमा प्रभावित पार्ने भएकाले यसबारे सामूहिक बहसको थालनी गरेको बताए ।

कार्यक्रममा सहभागीहरूले बोर्डको मूल्याङ्कन प्रणाली सुधार गर्नुपर्ने कुरा राखेका थिए । बोर्डले सार्वजनिक गरेको यो वर्षको नतिजामा अंग्रेजी, गणित, सामाजिक अध्ययनमा बढी एनजी ल्याएको पाइएको छ । त्यसैले अरू विषयमा राम्रो अङ्क ल्याउने र एउटा विषयमा फेल गरेको अवस्थामा विद्यालय व्यवस्थापन तथा विषय शिक्षक पनि जिम्मेवार बन्नुपर्ने सहभागीहरूले उठाएका थिए ।

विद्यालय शिक्षामा निरन्तर मूल्याङ्कन पद्धति लागू भएपछि कक्षोन्नति गर्ने गरिएको छ । त्यसकारण नेपाली भाषा, व्याकरणमा मात्र नभई सामाजिक शिक्षा, गणित, अंग्रेजी, विज्ञानलगायत विषयमा विद्यार्थीको बुझाइ र ज्ञानको स्तर खस्किएको सहभागी विज्ञहरुले बताए ।

शिक्षाविज्ञद्वय ज्ञानेन्द्र वन र हरि मुस्यानले ‘परीक्षा सञ्चालन तथा मूल्याङ्कन विधि समीक्षा’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनीहरूले कार्यपत्रमा परम्परागत शिक्षा पद्धतिलाई बढी प्राथमिकता दिइएकाले सिर्जनात्मक हुन नसकेको औँल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस