२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेविसंघले शिक्षा मन्त्री पौडेललाई बुझायो २९ बुँदे ज्ञापन पत्र

अ+ अ-

काठमाडौँ । नेविसंघले त्रिभुवन विश्वविद्यालयमा देखा परेका समस्या समाधान गर्नलगायत विभिन्न शैक्षिक माग राखेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई २९ बुँदे ज्ञापत्र पत्र बुझाएको छ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले आइतबार मन्त्री पौडेललाई बुझाएको ज्ञापन पत्रमा शैक्षिक विकासका लागि तत्कालिन र केही संरचनागत समस्याको सम्बोधन गर्न माग गरेका छन्।

त्रिविलगायत विश्वविद्यालयमा भइरहेका बेथितिबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न पनि नेविसंघको माग छ।

यस्तै विश्वविद्यालयका पदाधिकारी र विद्यालयका प्रधानाध्यापक दलीय भागबन्डाका आधारमा गरिने विद्यमान प्रणाली अन्त्य गरी योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने व्यवस्था गर्न पनि नेविसंघको माग छ।

मनपरि ढंगले शुल्क अशुल्ने मेडिकल तथा इन्जिनियरिङ तथा कानून विषय पढाइ हुने कलेजलाई नियमन गर्न पनि नेविसंघको माग छ।

एसईई पास भई कक्षा ११ मा भर्ना भएका सबै विद्यार्थीलाई भर्नामा ५० प्रतिशत मिनाहा गर्न पनि शिक्षा मन्त्रीसँग नेविसंघले माग गरेको छ।

सिटिईभिटीलाई प्रदेश संरचनामा विस्तार गर्न, उच्च शिक्षा हासिल गरेकालाई रोजगारी सिर्जना गर्न, एक विद्यालय एक नर्स व्यवस्था गर्न, शैक्षिक गुणस्तर अभिवृद्धि गर्नलगायत माग पनि शिक्षा मन्त्री पौडेललाई नेविसंघले राखेको छ।

प्रतिक्रिया दिनुहोस