२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकाका बार र क्लबमा महँगो ब्राण्डका नक्कली रक्सी, ५ जना पक्राउ

अ+ अ-

काठमाडौँ । प्रहरीले काठमाडौँबाट नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।

नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका-८ का भगवान् बस्नेत, दोलखाको कालिन्चोक गाउँपालिकाका २४ वर्षीय हरि वली, सोहीका स्थानका विशाल वली, रामेछापको खाँडादेवीका मनोज खत्री र गोपी श्रेष्ठ छन्।

प्रहरीले उनीहरूलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।

विभिन्न ब्राण्डको नाममा नक्कली मदिरा उत्पादन गर्ने गरेको भनी प्रहरीले विशेष सूचना पाएको थियो। उक्त सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौँले कोटेश्वरमा र दुवाकोटमा रहेको दुई फ्याक्ट्रीमा छापा मारेको थियो।

प्रहरी उपरीक्षक मैनालीका अनुसार कोटेश्वरस्थित हरि वलीको डेरा र चाँगुनारायण(२ दुवाकोटमा सञ्चालित दुई फ्याक्ट्रीमा प्रहरीले छापा मारेको हो।

प्रहरी उपरीक्षक मैनालीले वलीको डेरा र फ्याक्ट्रीबाट ब्ल्याक लेबल, रेड लेबल, डबल ब्ल्याक, ज्याक डेनिस, ८८४८ भोड्का, सिग्नेचर, ओल्ड दरबार, गोल्डेन ओक, हाइल्याण्डर भोड्का, ब्लु डाइमेन्डलगायत ब्राण्डका नक्कली रक्सी बरामद गरेको बताए।

यस्तै रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थ समेत बरामद गरेको जनाइएको छ।

प्रहरीका अनुसार सुरूमा कोटेश्वरस्थित डेराबाट वलीलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा अन्य व्यक्तिको पनि संलग्नता देखिएपछि उनीहरूलाई पनि पक्राउ गरिएको हो।

बरामद भएका रक्सीहरू उनीहरूले विभिन्न नाइट क्लब, लाउन्ज, डिस्को, विभिन्न डिलर, दोहोरी, डान्सबारमा पठाउने गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस