२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२० जनालाई चलचित्रसम्बन्धी छात्रवृत्ति दिइने, आवेदन आह्वान

अ+ अ-

काठमाडौँ । चलचित्र विकास बोर्डले विभिन्न विषयमा २० जनालाई चलचित्रसम्बन्धी छात्रवृत्ति दिने भएको छ । त्यसका लागि आवेदन पेस गर्न भनिएको छ ।

सोमबार सूचना प्रकाशित गर्दै बोर्डले चलचित्रसम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्वत्वृत्तिका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।

“सम्बन्धित विषयमा अध्ययनरत योग्य नेपाली विद्यार्थी, अनुसन्धाता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातहरूसहित सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र बोर्डको कार्यालयमा वा इमेलमार्फत अनलाइन आवेदन पेस गर्नुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा उल्लेख छ ।

सूचना!

चलचित्रसम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्वत्वृत्तिका लागि प्रोत्साहन गर्न यस बोर्डबाट प्रदान गरिने छात्रवृत्तिका लागि सम्बन्धित विषयमा अध्ययनरत योग्य नेपाली विद्यार्थी, अनुसन्धाता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातहरूसहित छात्रवृत्तिका लागि आवेदन पेस गर्नुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. विद्यावारिधि शोधवृत्ति : चलचित्र सम्बन्धी विषयमा विद्यावारिधि गर्दै गरेका-२ जना
२. दर्शनाचार्य शोधवृत्ति : चलचित्र सम्बन्धी विषयमा दर्शनाचार्य गर्दै गरेका-२ जना
३. स्नातकोत्तर छात्रवृत्ति :
(क) चलचित्र सम्बन्धी शोधकार्य गर्ने-२ जना
(ख) चलचित्र सम्बन्धी ऐच्छिक पत्र लिने तथा शोधपत्रसमेत लेख्ने विद्यार्थी-२ जना

४. स्नातक छात्रवृत्ति : चलचित्र सम्बन्धी मूल विषय लिएर स्नातक तह अध्ययनरत जम्मा १० (दश) जनाको लागि,

  • खुलातर्फः ५ (पाँच) जना
  • आरक्षणतर्फः ५ (पाँच) जना
    (क) मधेशी, दलित र जनजातितर्फ-३ (तीन) जना,
    (ख) महिलातर्फ–२ (दुई) जना

५.लघु पाठ्यक्रम :

  • चलचित्र सम्बन्धी मूल विषय लिएर लघु पाठ्यक्रम अध्ययनरत विद्यार्थीहरू–२ जना

सम्बन्धित आवेदकहरूले प्रथम पटक सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र,

दरखास्त दिने अन्तिम मितिः २०७९ असोज ४ गतेभित्र /
Application Deadline: 20th September, 2022)

बोर्डको कार्यालयमा वा इमेल [email protected] मार्फत अनलाइन आवेदन दर्ता गराइसक्नु पर्नेछ ।

इमेलमार्फत फारम भरी पठाउँदा पालना गर्नुपर्ने विधि
a. Subject मा Application Level _ First Name Year – Institution_Name:

जस्तैः BachelorsLevel_Sita_2079_OSCAR, or Bachelors_Ram_2079_NFC, Masters_Krishna_2079_TU etc. नाम उल्लेख गर्नु पर्नेछ ।

b. दरखास्त साथ पेश गर्ने कागजातहरू स्क्यान गरी PDF वा JPG Format (कम्तीमा 200 dpi रिजुलेशन) मा Attach गर्नुपर्नेछ ।
c. एकजना विद्यार्थीसँग सम्बन्धित दरखास्त पठाउँदा एउटै इमेलमा सम्पूर्ण संलग्न गर्नुपर्ने कागजातहरू Attach वा PDF प्याकेज गर्नुपर्नेछ ।
d. अनलाइन दरखास्त दिनुहुने विद्यार्थीहरूले अनुकुल समय वा अन्तर्वार्तामा उपस्थित हुँदा सक्कल दरखास्त फाराम, पेश गरेका कागजातहरू र रू.१०।– (दश) को हुलाक टिकट अनिवार्य बुझाउनु पर्नेछ ।