कर्मचारी समायोजन मुद्दामा निर्णय भोलि « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कर्मचारी समायोजन मुद्दामा निर्णय भोलि


६ भाद्र २०७९, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आगामी मङ्गलबार (भोली)सुनाउने भएको छ।

पटक पटक सर्दै आएको निर्णय सुनाउने मिती भोलीका लागी तोकीएको हो ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासले सो फैसला सुनाउने भएको हो।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यही भदौ ७ गते मङ्गलबारका दिन निर्णय सुनाउने मिति तय भएको हो।

यसअघि यही भदौ १ गते निर्णय सुनाउने मिति तय गरिएको थियो।

कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गत साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि आइतबार मिति तोकिएको थियो।

यो मुद्दामा फैसला नहुँदा सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अन्योलमा परेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस