२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्ती नदीमा पल्टियो २५ विद्यार्थी चढेको डुङ्गा

अ+ अ-

काठमाडौँ । दाङमा विद्यालय जान डुङ्गामा राप्ती नदी तरिरहेका विद्यार्थी सवार सानो डुङ्गा (पटेला) दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन्।

लमही नगरपालिका–९ बाट डुङ्गा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका-७ स्थित मावि सिक्टामा अध्ययनका लागि जान खोजेका विद्यार्थी दुर्घटनामा परेका हुन्।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार बिहीबार बिहान डुङ्गा पल्टिँदा २५ जना विद्यार्थी नदीमा खसेको र त्यसमध्ये तीन जना विद्यार्थीले बढी पानी खाएका कारण अवस्था जटिल रहेको बताए।

उनीहरूको उपचार लमहीमा भइरहेको छ।

लमही नगरपालिका-९ तरूलियाका सिक्टा माविमा कक्षा ६ मा अध्ययनरत १३ वर्षीय मनिष विक, सोही कक्षामा अध्ययनरत १२ वर्षीया रीमा राम्जाली, कक्षा ९ मा अध्ययनरत १६ वर्षीय सन्दीप विकको लमहीमा उपचार जारी रहे पनि अवस्था खतरामुक्त रहेको भन्ने सूचना आफूले पाएको एसपी काफ्लेले जानकारी दिए।

६–७ जना बस्ने मिल्ने र माछा मार्नका लागि निर्माण गरिएको सानो डुङ्गामा क्षमताभन्दा बढी २५ जना विद्यार्थी एकैसाथ तार्ने प्रयास गर्दा पल्टिएको भन्ने जानकारी दिए।

राजपुर गाउँपालिका(७ राताकाँसका दिनाराम विकले डुङ्गा चलाएको प्रहरीले जानकारी दिएको छ। विद्यालय जान थालेका विद्यार्थी सवार डुङ्गा पल्टिए पछि उनीहरूको कापी, किताब, झोला सबै भिजेर काम नलाग्ने भएका छन्। डुङ्गा पल्टिएको देखेपछि स्थानीयले बालबालिकाको उद्धार गरेका थिए।

प्रतिक्रिया दिनुहोस