सप्तरी । सप्तरी र सिरहा जिल्लामा विगत एक सप्ताहदेखि पेट्रोलको अभाव भएको छ । यी जिल्लामा सञ्चालित पेट्रोल पम्पहरुले बिक्रीवितरण नगरेपछि पेट्रोलको व्यापक कालाबजारी सुरु भएको छ ।
प्रति लिटर रु एक सयका दरले बिक्री हुने पेट्रोल अहिले रु १६० प्रति लिटरमा लुकिछिपी बिक्रीवितरण भइरहेको गुनासो पाइएको छ । सिरहा र सप्तरीमा करिब दुई दर्जन पेट्रोल पम्प रहेका छन् ।
नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय प्रमुख भानुभक्त खनालले सिरहा र सप्तरीमा पेट्रोल अभाव नरहेको र निरन्तररुपमा पेट्रोल बिक्री वितरण भइरहेको दाबी गर्नभयो ।
उहाँले प्रत्येक दिन सिरहा र सप्तरीमा पेट्रोल र डिजेल पठाइरहेको बताउदै हिजो मात्र सिरहामा ४६ हजार लिटर र सप्तरीमा ३६ हजार लिटर विभिन्न पम्मलाई बिक्री वितरण गरेको जानकारी दिनुभयो ।
पेट्रोल अभाव सृजना गरेर कालोबजारी गर्ने काम पेटोल पम्पको छ, त्यसको अनुगमन अवश्यक रहेको उहाँको भनाइ छ । उता पम्म व्यवसायीहरुले विराटनगर डिपोबाट पेट्रोल वितरणामा ढिलाइ गरेका कारण पेट्रोलको बिक्री वितरणमा समस्या भएको दाबी गरेका छन् । रासस
एक अविच्छिन्न र स्थायी सरकार हो राज्यको प्रशासन क्षेत्र । जनताप्रति सदैव र निरन्तर उत्तरदायी
भइरहनु पर्ने राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी
जरुरी छ । प्रशासन क्षेत्रले आम सेवाग्राही जनतालाई दिने सेवा प्रवाहका हरेक गतिविधिहरूलाई
सूक्ष्म निगरानी गरी थप जन मैत्री गराउन सकारात्मक खबरदारी प्रयास हो प्रशासन डटकम अनलाइन
पत्रिका ।