धनाढ्य र बुद्धिजीवीबाटै स्तनपानमा हेलचेक्र्याइँ भयो : स्वास्थ्यमन्त्री खापुङ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

धनाढ्य र बुद्धिजीवीबाटै स्तनपानमा हेलचेक्र्याइँ भयो : स्वास्थ्यमन्त्री खापुङ


१७ श्रावण २०७९, मंगलबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीवी र धनाढ्य व्यक्तिहरूबाट नै शिशुलाई आमाको स्तनपान गराउने कार्यमा हेलचेक्र्याइँ भइरहेको बताएका छन् ।

मंगलबार थापाथलीस्थित प्रसूतिगृहमा बेबी मिल्क बैङ्क स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले बुद्धिजीवी र धनाढ्य व्यक्तिहरू बस्ने भनिएको वाग्मती प्रदेश र काठमाडौँमा शिशुलाई आमाको स्तनपान गराउनेको संख्या सबैभन्दा कम देखिएको बताए ।

मन्त्री खापुङले विकास निर्माणमा पछि परेको कर्णाली प्रदेशमा शिशुलाई स्तनपान गराउने संख्या बढी देखिएको पनि बताए ।

सहरी समाजमा शिशुलाई आमाले स्तनपान गराउने कार्यमा भइरहेको कमीको कारण पत्ता लगाएर त्यसको निवारण गर्न आवश्यक रहेको मन्त्री खापुङको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस