२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राविधिक तथा प्रशासनतर्फ बढुवा भएका ५९ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

अ+ अ-

काठमाडौँ । प्राविधिक तथा प्रशासनतर्फका विभिन्न पदमा बढुवा भएका ५९ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा आज (बुधबार) आयोजित एक समारोहबिच प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

दर्ज्यानी चिन्ह प्राप्त गर्नेमा प्राविधिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षक दुई जना, प्रशासनतर्फका प्रहरी उपरीक्षक ३६ जना, प्राविधिकतर्फका प्रहरी उपरीक्षक १२ जना, प्राविधिकतर्फका प्रहरी नायव उपरीक्षक एक जना र प्राविधिकतर्फका प्रहरी निरीक्षक आठ जना रहेका छन् ।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले बढुवा भएका प्रहरी अधिकृतलाई बधाई तथा सक्षम र सबल जनशक्ति नेपाल प्रहरीमा ल्याउन प्रेरित गर्ने अभिभावकप्रति कृतज्ञता ज्ञापन गर्दै पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई प्रहरी अधिकृतले आ–आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरी सङ्गठनले राम्रो व्यक्तिलाई पदोन्नति गरेको रहेछ भन्ने अनुभूति हुने गरी काम गर्न निर्देशन दिए ।

साथै उनले आ–आफ्नो योग्यता अनुसारको विशिष्टीकृत विधामा दत्तचित्त भएर सेवा भावका साथ काम गर्ने विश्वास व्यक्त गर्दै चिकित्सकले अस्पतालमा आउने सम्पूर्ण बिरामीलाई आफ्नै घरमा अभिभावक स्वयंले नै हेरचाह र ख्याल गरिरहेको महसुस हुने गरी स्वास्थ्य सेवा र उपचार प्रदान गर्नुपर्नेमा जोड दिए ।

प्रहरी महानिरीक्षक सिंहले प्रहरी सङ्गठन आफैमा गतिशील हुने र सरुवा बढुवा लगायतमा सबै कर्मचारीको समान मूल्याङ्कन हुने भएकोले अझै बढी कटिबद्ध एवं अनुशासनमा रही कार्य सम्पादन गर्नुपर्ने बताए ।

सङ्गठन बलियो भए मात्र व्यक्ति बलियो हुने भएकोले सबै प्रहरी कर्मचारीले सङ्गठनको मूल्य मान्यता राख्दै अनुशासित ढङ्गले काम गरी आगामी पुस्तालाई राम्रो सन्देश हस्तान्तरण गर्नुपर्ने बताए ।

समारोहमा पदोन्नति भएका अधिकृतको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक एएमचन्द्र बहादुर धामीले विज्ञान प्रविधिमा भएको विकासको दुरुपयोगका कारण अपराधको क्षेत्रमा देखा परेका नवीनतम चुनौतीको सामना गर्न नेपाल प्रहरीको कार्य योजना, सङ्गठनको मूल्य मान्यता र नीति नियमको अधीनमा रही इमानदारिताका साथ थप सक्रिय भई कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत, प्रहरी अधिकृत एवं जवानको समेत उपस्थिति रहेको थियो ।