‘नो पार्किङ’मा रहेको मन्त्री राईको गाडीलाई प्रहरीले तिरायो जरिवाना « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

‘नो पार्किङ’मा रहेको मन्त्री राईको गाडीलाई प्रहरीले तिरायो जरिवाना


९ श्रावण २०७९, सोमबार


काठमाडौँ । ललितपुरको जाउलाखेलस्थित निषेधित क्षेत्रमा पार्किङ गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ।

बा २२ च २५८३ नम्बरको निजी गाडीलाई ‘नो पार्किङमा’ पार्क गरेको भन्दै जाउलाखेलस्थित ट्राफिक वृत्तले एक हजार रुपैयाँ जरिवाना लगाएको हो।

आज बिहान ट्राफिक प्रहरी जवान सुरेन्द्र सिंह धामीले मन्त्री राईको गाडीलाई जरिवाना लगाएका हुन्।

यो गाडीको प्रयोगकर्तामा ‘माननीय मोहम्मद इश्तियाक राई’ लेखिएको छ।

गाडीमा संघीय संसद सचिवालयले सांसद राईलाई संघीय संसद भवन प्रवेश गर्न दिएको पत्रसमेत टाँस गरिएको थियो।

उक्त गाडीमा मन्त्री राई भने भए वा नभएको खुलेको छैन। सवारी आवागमन बाधा पर्ने गरी पार्किङ गरिएको सवारीलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी मिरा चौधरीले अवैध रूपमा पार्किङमा रहेको गाडीलाई कारबाही गरिएको जानकारी दिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस