सहप्राध्यापकका लागी दरखास्त आह्वान (सूचनासहित) « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सहप्राध्यापकका लागी दरखास्त आह्वान (सूचनासहित)


२ श्रावण २०७९, सोमबार


काठमाडौँ । चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोग कार्यालयले खुला प्रतिस्पर्धामार्फत सहप्राध्यापक माग गरेको छ।

९ जना सहप्राध्यापक माग गर्दै सेवा आयोग कार्यालयले आज सूचना निकालेको हो।

बाली विज्ञान, बागवानी विज्ञान, माटो विज्ञान, कृषि तथ्याङ्क शास्त्र, भेटेरिनरी माइक्रोबायोलोजी, भेटेरिनरी सर्जरी, फरेष्टी र फरेष्टी म्यानेजमेन्ट गरी कूल ९ सहप्राध्यापक माग भएको छ।

यस्तै सेवा आयोगले आन्तरिकतर्फ पनि सहप्राध्यापक माग गरेको छ। आन्तरिकतर्फ १५ जना माग गर्दै विज्ञापन खुला भएको छ।

परीक्षासम्बन्धी थप जानकारी विश्वविद्यालयको वेबसाइट www.afu.edu.np मा  प्रकाशन गरिएको छ।

सूचना !

Tags :
प्रतिक्रिया दिनुहोस