लिग टु क्रिकेट : फेरी ब्याटिङमै चुक्यो नेपाल, नामिबियासँग ६३ रनले पराजित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

लिग टु क्रिकेट : फेरी ब्याटिङमै चुक्यो नेपाल, नामिबियासँग ६३ रनले पराजित


१ श्रावण २०७९, आइतबार


काठमाडौँ । ब्याटिङमा कमजोर प्रदर्शनले निरन्तरता पाउँदा आइसिसी क्रिकेट विश्वकप लिग टु मा  नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ ।

नामिबियाले दिएको २०० रनको लक्ष्य पछ्याएको नेपाल पूरा ओभर टिक्न सकेन र ३७.५ ओभरमै १३६ रनमा अलआउट भयो ।

यसअघि पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३८ र आसिफ शेखले ३४ रन बनाए । यस्तै आदिल आलमले २० र रोहित पौडेलले १७ रन जोडे । पवन सर्राफ १० रनमा अविजित रहे । ६ खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपाललाई अलआउट गर्न नामिबियाका बर्नार्ड स्कोल्ट्जले सर्वाधिक ५ विकेट लिए । उनले ९.५ ओभरमा २ मेडन राख्दै जम्मा २२ रन खर्चिए । जान फ्रांकलिनले ३ विकेट लिए ।

अयरमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९९ रन बनाएको थियो ।

नामिबियाका लागि कप्तान जेरार्ड एरासमसले सर्वाधिक ५३ रन बनाए । डेभिड विजाले ३४ र डिभान ला कुक र जेजे स्मिथले समान २७ रन जोडे ।

बलिङमा कप्तान सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २-२ तथा वसिर अहमदले १ विकेट लिए ।

शृङ्खलाको अन्तिम खेलमा नेपालले आइतबार स्कटल्याण्डसँग खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस