आइजिपी बढुवाविरुद्धको मुद्दाको पेसी फेरि शुक्रबारलाई सारियो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आइजिपी बढुवाविरुद्धको मुद्दाको पेसी फेरि शुक्रबारलाई सारियो


२७ असार २०७९, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको आइजिपी बढुवाविरुद्धको मुद्दाको पेसी शुक्रबारलाई सारिएको छ ।

हिजो (आइतबार) सुनुवाइको लागि पेसी तोकिएकोमा सार्वजनिक बिदा परेकाले आजलाई पेसी राखिएको थियो । तर, सरकारी कानुन व्यवसायी र प्रत्याशी हाजिर नभएपछि पेसी सारिएको हो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ ।

विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आइजिपी बनाएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

एआईजी बढुवा सिफारिसविरुद्ध परेको रिटमा पोखरेलको रिटलाई लगाऊ राखेपछि जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस