१६ अङ्क घट्यो नेप्से, कुल १ अर्ब ८० करोड रुपैयाँको कारोबार « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

१६ अङ्क घट्यो नेप्से, कुल १ अर्ब ८० करोड रुपैयाँको कारोबार


२३ असार २०७९, बिहिबार


काठमाडौँ । आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से १६ अङ्क घटेको छ । १६.६० अङ्क घटेसँगै नेप्से २०२७ अङ्कमा कायम भएको छ ।

कुल १ अर्ब ८० करोड रुपैयाँको कारोबार भयो । सबैजसो उपसमूह घटेका छन् ।

बैङ्किङ ८, विकास बैङ्क ४६, फाइनान्स ७, होटल तथा पर्यटन ३१, जलविद्युत् १५, जीवन बीमा ११५, उत्पादन ४३, माइक्रोफाइनान्स ३७, निर्जीवन बीमा ३३, अन्य २२ र व्यापार उपसमूह २३ अङ्क घटे ।

आरबीबी म्युचुअल फन्ड १, माउन्टेन हाइड्रो र सिटिजन्स म्युचुअल फन्डको मूल्य ३ प्रतिशत बढ्यो । समिट लघुवित्तको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत घट्यो ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन, अरुणकाबेली, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी र माथिल्लो तामाकोसी कारोबार रकमका आधारमा क्रमश: अगाडि रहे । बजारको पुँजीकरण २८ खर्ब ९१ अर्बमा झरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस