नयाँ दल घोषणा गर्दै गौतम « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नयाँ दल घोषणा गर्दै गौतम


१४ असार २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् ।

आज (मंगलबार) अपराह्न कार्यक्रम आयोजना गरेर राजनीतिक दल घोषणा गर्न लागेका हुन् ।

गौतमले दल घोषणाका लागि दिउँसो ३ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गर्दै छन् ।

राष्ट्रिय सभाका सांसद रहेका गौतम नेपालका वामपन्थी दलहरुको एकै स्थानमा ल्याउन अभियान सञ्चालन गर्दै आएका थिए ।

उनले शनिबार मात्रै अभियानका राष्ट्रिय भेला आयोजना गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस