२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद्जन्य घटनामा सजगता अपनाउन महानगरको आग्रह

अ+ अ-

कास्की । अविरल वर्षापछि पोखरा महानगरपालिकाका विभिन्न स्थानमा डुबान तथा पहिराले भौतिक क्षति भएपछि वर्षाका कारण आउन सक्ने विपद्को जोखिमबाट जोगिन र थप सजगता अपनाउन महानगरले नगरवासीलाई आग्रह गरेको छ ।

महानगर प्रमुख धनराज आचार्यले आज एक अपिल प्रकाशित गर्दै पोखराका विभिन्न ठाउँमा शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सावधानी अपनाउन नगरवासीलाई अनुरोध गरेका हुन् ।

पोखरा–२५ हेम्जामा घर डुबानमा परेको तथा केही घरमा क्षति पुगेको, पोखरा–४ मा सडक भासिनुका साथै एक घरमा क्षति पुगेको, पोखरा–१६ अर्मला, वडा नम्बर २३ चापाकोट र वडा नम्बर–१९ पुरुनचौरलगायत विभिन्न स्थानमा जमिन भासिनुका साथै ग्रामीण तथा सहरी सडकसमेत अवरुद्ध हुन पुगेको महानगरले जनाएको छ ।

महानगर प्रमुख आचार्यले प्रभावित स्थानमा जिल्ला प्रशासन कार्यालय कास्की, नेपाल प्रहरी र रेडक्रससहित सरोकारवाला संस्थासँग सहकार्य गर्दै राहत उद्धार र आवश्यक सहजीकरण कार्य भइरहेको जानकारी दिए ।

अपिलमा भनिएको छ, ‘बाढी, पहिरो र डुबानलगायत कारण उत्पन्न विपद्को यो क्षणमा बर्सातका समयमा जमिन भासिने, बाढी, पहिरो र जलाशयहरुको बढी जोखिम हुने हुँदा थप सजगता अपनाउन, पूर्वसूचनारसङ्केतका आधारमा जोगिने उपाय खोज्न र विपत्तिमा सम्बन्धित निकायमा यथासक्य छिटो जानकारी गराउनुहुन सबै नगरवासी समक्ष हार्दिक अपिल गर्दछु ।’

केही दिनयताको वर्षाका कारण शनिबार पोखरा–२५ हेम्जामा ३०० घर डुबानमा परेको थियो । सोही ठाउँको पहिराले दुई घर पूर्ण क्षति भएको छ भने एक दर्जन घर जोखिममा छन् । त्यसैगरी आज बिहान पोखराको गैह्रापाटनमा पक्की सडक भासिएको थियो भने एक घरमा क्षति पुगेको छ ।