काठमाडौँ । इन्धनको मूल्यमा भारी बृद्धि भएपछि वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् ।
आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेपछि वायुसेवा सञ्चालक संघले बुधबारबाट लागू हुनेगरी हवाई भाडा बढाएको जानकारी दिएको छ ।
पछिल्लो बृद्धिअनुसार काठमाडौँ पोखराको भाडा पाँच सयले बढेको छ भने जनकपुरको भाडा झन्डै ६ हजार पुगेको छ । धनगढीको नयाँ भाडादर १६ हजार ८ सय ५ पुगेको छ । धनगढी रुटमा ८ सय ४० रुपैयाँ भाडा बढेको हो ।
त्यस्तै काठमाडौँ सिमराको भाडा ४ हजार १९५ पुगेको छ भने भरतपुरको भाडा ४ हजार ९३५ रुपैयाँ पुगेको छ।