२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रवादी भएर नेपालको विकास कहिल्यै हुन सकेन : नेतृ कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले सधैँ राष्ट्रवादी भएर नेपालमा कहिल्यै विकास हुन नसकेको बताएकी छन् । 

आज (शुक्रबार) अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै नेतृ कोइरालाले अरूलाई गाली गरेर र जहिल्यै पनि राष्ट्रवादी भएर नेपालमा कहिल्यै विकास हुन नसकेको बताइन् ।

नेपालमा भारत र अमेरिकाको कुरा आउन बित्तिकै विवाद सुरु गरिहाल्ने प्रवृत्ति राम्रो नभएको उनको भनाइ छ ।

उनले समितिमा लामो समयसम्म देशको प्रधानसेनापतिजस्तो व्यक्तिलाई राख्नु लज्जास्पद भएको पनि बताए ।

‘यहाँ यत्रोबेर देशको सेनापतिलाई राख्नु भनेको लज्जास्पद कुरा हो । अन्तर्राष्ट्रिय जगतले पनि यसलाई राम्रो हेर्दैन । अरूलाई मात्र भनेर गाली गरेर, जहिल्यै पनि राष्ट्रवादी भएर नेपालमा कहिल्यै विकास हुन सकेन । चीनले विकास गरेमा एक थरिले मन नपराउने, भारतले गरेमा अर्को थरिले । अमेरिकाले केही सहयोग गरेमा त्यो बिगार्न खोज्छन् । यसरी नेपाल कहिल्यै अघि बढ्दैन र नेपाल जहिल्यै साँघुरो भएर बस्छ,’ उनले भनिन् ।