सुरक्षा निकायद्वारा मनसुन सुरक्षा पूर्व तयारी अभ्यास « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुरक्षा निकायद्वारा मनसुन सुरक्षा पूर्व तयारी अभ्यास


२८ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । सुरक्षा निकायले विभिन्न विपदबाट जोगिन र त्यसको पूर्व तयारी तथा व्यवस्थापन स्वरूप त्यस सम्बन्धी कृत्रिम घटना अभ्यास गरेका छन्।

मनसुन सँगै हुनसक्ने सम्भावित घट्नालाई न्यूनीकरण गर्न त्यसको तयारी स्वरूप नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले शनिबार बिहान कीर्तिपुरको टौदहमा मनसुन सुरक्षा पूर्व तयारी अभ्यास गरेका हुन्।

मनसुनजन्य प्रकोपहरूबाट सिर्जित विपद्का घटनाका कारण नेपालमा वर्षेनि ठूलो जनधनको क्षति हुने गरेको छ।

त्यसैले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सुरक्षा निकायले पूर्व तयारी अभ्यास गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस