वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त


२४ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

पौडेलसँग यसअघि मन्त्रालयले स्पष्टीकरण मागेको थियो। निगमको हितविपरीत काम गरेको भन्दै मन्त्रालयले महाप्रबन्धक पौडेललाई मन्त्रालयमा बोलाएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पौडेलले निगमको हित विपरीतमा काम गरे भन्दै बर्खास्तका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए। केपी शर्मा ओली नेतृत्वको सरकारले पौडेललाई चार वर्षका लागि निगमको महाप्रबन्धक नियुक्त गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस