२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजगढबारे सर्वोच्चको फैसलाप्रति राजनीतिक तहबाट भइरहेको टिप्पणीप्रति नागरिक अगुवाको आपत्ति

अ+ अ-

काठमाडौँ । नागरिक अगुवाको एक समूहले निजगढ विमानस्थलबारे सर्वोच्च अदालतको फैसलाप्रति राजनीतिक तहबाट भइरहेको आलोचना र टिप्पणीप्रति आपत्ति जनाएको छ ।

पूर्व सभामुख दमननाथ ढुङ्गाना, पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा, पूर्व न्यायाधीश बलराम केसीसहित ८ जनाले आज (शुक्रबार) एक विज्ञप्ति जारी गरी सर्वोच्चको फैसला कुनै दृष्टिबाट पनि उचित देखिँदैन भन्दै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई दिएको निर्देशनलाई न्यायालयको अधिकारमाथिको हस्तक्षेप भनेका छन् ।

‘सर्वोच्चको सो आदेश ‘कुनै पनि दृष्टिबाट उचित देखिँदैन’ भन्दै विमानस्थल ‘निर्माण कार्य शीघ्र अघि बढाउन’ प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले जेठ १६ गते नेपाल सरकारलाई दिएको निर्देशनले न्यायालयको स्वतन्त्र न्याय निरूपण गर्ने अधिकार प्रति नै हस्तक्षेप हुन् पुगेको छ’ नागरिक अपिलमा भनिएको छ ।

न्यायिक फैसलाको बारेमा स्वस्थ टीकाटिप्पणी हुन सक्ने भए पनि मौलिक हकको रक्षक र संविधान तथा कानुनको अन्तिम व्याख्याता सर्वोच्च अदालत प्रति सर्वसाधारणमा अनास्था पैदा हुने गरी फैसला अवज्ञा गर्न संसदीय समितिले दिएको निर्देशन प्रतिनिधिसभाको नियमावली विपरीत हुने पनि उनीहरुले बताएका छन् ।

‘‍‘शक्ति पृथकीकरणको सिद्धान्त एवं न्यायिक स्वतन्त्रताका मूल्यमान्यतालाई शिरोधार्य गरेर न्यायालयको मर्यादा र गरिमाको सम्मान गर्न राजनीतिक दलका नेताहरू, जनप्रतिनिधिहरु र सरकारका पदाधिकारी लगायत सबैलाई हामी आव्हान गर्दछौँ’ अपिलमा भनिएको छ ।

अपिल जारी गर्ने अन्य नागरिक अगुवामा चरण प्रसाईँ, कनकमणि दीक्षित, तारानाथ दाहाल, गीता पाठक सङ्ग्रौला र राजुप्रसाद चापागाईँ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस