२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयातित वस्तुको प्रतिस्थापन गरी मूल्यवृद्धि नियन्त्रण गरौँ : पुष्पा भुसाल

अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले गरिब जनता मूल्यवृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेकी छिन् ।

सचेतक भुसालले रुस–युक्रेन युद्धका कारण पनि नेपाली जनता पेट्रोलियम पदार्थको कारण मूल्यवृद्धिको मारमा पर्नु परेको बताएकी छिन् ।

सरकारले जलविद्युत्, सौर्य ऊर्जालगायतका ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान दिएर पेट्रोलियम पदार्थको खपतमा कमी ल्याउनुपर्ने उनले बताइन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन सरकारसँग माग गर्दै प्रतिनिधिसभा बैठकमा पेस गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले आयातित वस्तुहरुको प्रतिस्थापन नगरी मूल्यवृद्धिको समस्या हल गर्न नसकिने बताइन् ।

सचेतक भुसालले भनिन्, ‘मूल्यवृद्धिबारे म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । सबभन्दा पहिला म नेपाल सरकारलाई धन्यवाद पनि दिन चाहन्छु–हिजो १० रुपैयाँ ट्याक्स घटाएको जुन निर्णय भएको छ । त्यसलाई सकारात्मक रुपमा लिएको छु । त्यसलाई म धन्यवाद पनि दिन चाहन्छु । र यो घटाउने क्रमलाई निरन्तरता दिइयोस् भनेर पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

आयातित वस्तुको प्रतिस्थापन गर्ने कुरामा ध्यान दिन सरकारलाई आग्रह गर्दै भुसालले भनिन्, ‘हामीले नेपाल सरकारलाई पटक–पटक भनिराखेका छौँ कि आयातित वस्तुहरुले नेपालमा महँगी बढ्ने भएकाले यस्ता कुराहरूलाई नियन्त्रण गर्न सौर्य ऊर्जा, बायो ग्यासलगायतका ऊर्जाहरूको उत्पादन गर्न सक्ने ८४ हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने हामीसँग क्षमता भएको हुनाले नेपाल सरकारले ऊर्जा उत्पादनमा ध्यान दिएर औद्योगिकीकरणतिर गएर पेट्रोलियम पदार्थका आयात प्रतिस्थापन गर्नेतिर नेपाल सरकारको ध्यान जानुपर्दछ । ’

सचेतक भुसालले मूल्यवृद्धिबारे अध्ययन गर्न गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल नेतृत्वको समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरी मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई सचेत गराइन् ।

प्रतिक्रिया दिनुहोस