२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ : प्रवक्ता

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क (सिआइएन) को १३औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका उनले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई बलियो बनाउन सहयोगी भूमिका निर्वाह गर्न सबैसँग आग्रह गरे ।

मन्त्री कार्कीले नेपाली पत्रकारिता क्षेत्रलाई निष्पक्ष, सन्तुलित, भरपर्दो र सत्य तथ्यमा आधारित विश्वसनीय सञ्चार माध्यमको रुपमा विकास गर्दै समाज परिवर्तनको मुख्य माध्यम बनाउनुपर्नेमा समेत जोड दिए ।

उनले भने,’सामुदायिक एफएम रेडियोले खास गरी आधुनिक कृषि, पर्यटन र जलस्रोतलगायत स्थानीय उत्पादन र त्यसको प्रवर्द्धनलाई बढवा दिने गरी प्रसारणमा जोड दिनुपर्ने छ, त्यसका लागि सामुदायिक रेडियोलाई आन्तरिक र राष्ट्रिय एकतासाथ बलियो बनाउनुपर्छ ।’

मन्त्री कार्कीले सामुदायिक एफएम रेडियोले चेतनामार्फत समाज परिवर्तनमा अतुलनीय योगदान पुर्‍याएकामा प्रशंसा गर्दै आगामी दिनमा समृद्ध नेपाल निर्माणका लागि अझै सकारात्मक भूमिकाको अपेक्षा गरे ।

(अकोराब) का पूर्व अध्यक्ष मीनबहादुर शाहीले प्रसारण प्रणालीको सुधार हुने गरी आमसञ्चार नीति तथा ऐन/कानुन निर्माण हुनुपर्ने धारणा व्यक्त गरे ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ र सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगन हमालले विश्वसनीय पत्रकारिता गर्न आग्रह गरे ।

कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइराला, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारी, शिक्षा सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टा, निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेल, विश्लेषक जैनेन्द्र जीवन, सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन, प्राध्यापक ध्रुव घिमिरे र वरिष्ठ अर्थविद् चन्द्रमणि अधिकारीलाई सम्मान गरिएको थियो ।

(अकोराब)को यस वर्षको ‘स्वयंसेवक सामुदायिक पत्रकार पुरस्कार’ ललिता हायु (रेडियो सिद्धबाबा, सिन्धुली), ‘सामुदायिक रेडियो पत्रकारिता पुरस्कार’ महिलातर्फ शोभा हुमागाँइ (रेडियो रोशी काभ्रे), र पुरुषतर्फ भुवन रायमाझी (रेडियो मुक्तिनाथ, पाल्पा) र सोही पुरस्कार सीआइएन आन्तरिकतर्फ सुशीला श्रेष्ठलाई प्रदान गरिएको थियो । पुरस्कारको राशि जनही रु १५ हजार रहेको छ ।