२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशको दसौँ अर्थात् बजेट अधिवेशन (आज) शुक्रबारबाट सुरु हुँदैछ।

प्रदेशसभाको दसौँ अधिवेशनको पहिलो बैठक आज शुक्रबार बिहान ११ बजे बस्ने भएको हो। आज बस्ने प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष तथा विभिन्न दलका नेताहरुले शुभकामना सन्देश व्यक्त गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

उनले जेठ १६ गते प्रदेशसभामा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम यही जेठ १६ गते हुने समेत बताए। प्रदेशसभा सचिवालय हेटौँडामा बिहीबार बसेको कार्यव्यवस्था परामर्श तथा व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको प्रदेशसभा उनको भनाइ छ।

जेठ १६ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आव २०७९-८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने खड्काले बताए। उनको अनुसार सोही दिन बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रमको प्रति टेबल गर्ने तथा जेठ १७ गते त्यसमाथि छलफल हुने कार्यसूची तय भएको छ। जेठ १८ गते छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिएपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत हुने सचिवालयले जनाएको छ।

बैठकमा संसद् सञ्चालन नभएको समयमा प्रदेश सरकारले ल्याएको पाँच अध्यादेश पेस हुने कार्यक्रम छ। प्रदेशसभामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेस गर्ने छन्। यसैगरी प्रदेशसभामा प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा गठन तथा सञ्चालन अध्यादेश २०७८ पनि पेस हुने सचिवालयबाट थाहा भएको छ।

प्रतिक्रिया दिनुहोस