चीनले ताइवानमा अतिक्रमण गरे सैन्य हस्तक्षेप गर्ने बाइडेनको चेतावनी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चीनले ताइवानमा अतिक्रमण गरे सैन्य हस्तक्षेप गर्ने बाइडेनको चेतावनी


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमा अतिक्रमण गरे सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएका छन् ।

जापान भ्रमणका क्रममा उनले ताइवान मामिलामा चीन खतरासँग खेलिरहेको प्रतिक्रिया समेत दिएको बिबिसीले जनाएको छ ।

चीन-ताइवानको अवस्थालाई रुसले युक्रेनमा गरेको आक्रमणको सन्दर्भमा तुलना गर्दै उनले भने,‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पहिचान मेटाउने प्रयास गरिरहेका छन् ।’

अमेरिकाको ताइवानसँग आधिकारिक रूपमा कूटनीतिक सम्बन्ध छैन । अमेरिकी राष्ट्रपतिका रूपमा जो बाइडेन पहिलो एसिया भ्रमणमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस