खलङ्गा । जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) विजयी भएको छ ।
अध्यक्ष पदका उम्मेदवार पुर्णप्रसाद धितालले एक हजार ९४९ मत ल्याई विजयी भएका छन् । धितालका प्रतिस्पर्धी नेपाली काँग्रेसका नन्दराम बुढाले एक हजार ८३१ मत ल्याएका छन् ।
त्यस्तै उपाध्यक्षमा पनि माओवादीकी शीतला रोकाया विजयी भएकी छन् । उनले एक हजार ९५६ मत ल्याएकी छन् । उनकी प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी राजकला शाहीले एक हजार ६८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय सिंजाले जनाएको छ ।
यहाँका आठ स्थानीय तहमध्ये माओवादी केन्द्रले अहिलेसम्म सिंजा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष मात्र जितेको छ ।
पातरासी गाउँपालिकामा माओवादी केन्द्रले उपाध्यक्ष र काँग्रेसले अध्यक्षमा विजयी भएको छ ।
हिमा र कनकासुन्दरी गाउँपालिकामा काँग्रेसले अध्यक्ष र उपाध्यक्षमा विजयी हासिल गरिसकेको छ ।
विसं ०४७ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रले जिल्लाका तातोपानी, गुठीचौर र हिमा गाउँपालिका अध्यक्षमा विजयी भएको थियो ।
यहाँका चन्दननाथ नगरपालिका, तिला तातोपानी र गुठीचौरको अन्तिम मत परिणाम आउन बाँकी रहेको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।