काठमाडौँ । पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६६ पीसीआर परीक्षणमा ४ जना र एक हजार १४८ एन्टिजेन परीक्षणमा एक जना गरी ५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २३० रहेको छ ।