भरतपुरको मेयरमा काँग्रेस नेता जगन्नाथ पौडेलले दिए बागी उम्मेदवारी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भरतपुरको मेयरमा काँग्रेस नेता जगन्नाथ पौडेलले दिए बागी उम्मेदवारी


१२ बैशाख २०७९, सोमबार


चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका नेता पूर्व सांसद जगन्नाथ पौडेलले मनोनयन पत्र दर्ता गरेका छन् ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरूबिच भरतपुरको मेयर नेकपा माओवादी केन्द्रले पाउने सहमति भएको थियो ।

तर उक्त सहमतिको विपक्षमा रहेका काँग्रेसका स्थानीय नेता कार्यकर्ताहरूले छुट्टै उम्मेदवारी दर्ता गर्ने चेतावनी दिँदै आएका थिए । नेता पौडेलले भरतपुरको चौबिस कोठीबाट चार तारे झण्डासहित नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा काँग्रेसका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा र समर्थकमा काँग्रेस महासमिति सदस्य मीना खरेल रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस