काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेता बैठक बस्न लागेका हुन् ।
पाँच दलीय गठबन्धनको बैठक हिजो (आइतबार) बेलुकी पनि बालुवाटारमा बसेको थियो । तालमेल गर्न बाँकी रहेका र विवादित क्षेत्रबारे आज (सोमबार) बिहान बैठक बसेर सहमति खोजिने नेताहरूले बताएका छन् ।
पाँच दलीय गठबन्धन स्थानीय चुनावमा मिलेर जाने सहमति गरेका थिए। तर केही स्थानीय तहमा तालमेलमा विवाद हुँदा एक्ला एक्लै प्रतिस्पर्धा गर्ने तयारीमा दलहरू छन् ।