पल शाह प्रकरण: नवलपुरमा पनि फेरिन बालिकाले बयान « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

पल शाह प्रकरण: नवलपुरमा पनि फेरिन बालिकाले बयान


७ बैशाख २०७९, बुधबार


काठमाडौँ । पल शाहविरुद्धको बलात्कार मुद्दामा पीडित भनिएको बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरिकी छन्।

ती बालिकाले यसअघि जिल्ला अदालत तनहुँमा पनि बयान फेरिकी थिइन्। बुधबार अभिनेता पल शाह विरुद्ध परेको उजुरीमा नवलपुर जिल्ला अदालतमा पीडित बालिकाको बकपत्र गरिएको हो।

जिल्ला न्यायाधीश नन्द किशोर प्रसाद यादवको इजलासमा बकपत्र गरिएको थियो। बकपत्र मा उनले पीडक भनिएका पल शाहले कुनै जबरजस्ती नगरेको बताएको बकपत्र लिँदा बसेका एक जना सहभागीले बताए।

नवलपुरमा बालिकाका बुवा, कलाकार दुर्गा थापा, कृष्ण जोशी, सम्राट चौलागाई, मेडिकल रिपोर्ट तयार पारेका डाक्टर लगायतको बकपत्र लिइने छ। आज अरूको बकपत्र नसकिएकोले अन्यको बकपत्र भोलि गरिने छ।

Tags :
प्रतिक्रिया दिनुहोस