२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको विकासमा जापान सरकारको सहयोग महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खड्का

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्त्वपूर्ण रहेको बताएका छन् ।

काठमाडौँमा आज भएको नेपाल जाइका अल्मुनाइ एसोसिएसन (जान) को ४८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले ठुलो सहयोगदातामध्ये एक जापानले नेपाललाई सर्त बिना नै सहयोग गरिरहेको छ भने ।

विपद् तथा महामारीमा समेत जापानले उल्लेखनीय सहयोग गरेको जानकारी दिँदै मन्त्री खड्काले त्यहाँको विकासबाट नेपालले धेरै कुरा सिक्नुपर्नेमा जोड दिए । नेपाल–जापानबिच सन् १९५६ मा सम्बन्ध स्थापित भए पनि त्यसको दुई वर्षअघिदेखि नेपाललाई सहयोग गर्दै आइरहेको उनले जानकारी गराए ।

सुरुआती चरणमा जापानले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै समृद्ध मुलुक बन्न सफल जापानको क्रियाकलाप नेपालका लागि अनुसरण गर्न लायक रहेको मन्त्री खड्काले बताए ।

उनले अल्मुनाइसँग आबद्ध प्रतिनिधिलाई जापानमा सिकेको ज्ञान, सीप र क्षमताको भरपुर सदुपयोग गर्नसमेत आग्रह गरे । मन्त्री खड्काले भने, ‘तपाईँहरू नेपालका लागि बौद्धिक सम्पत्ति हुनुहुन्छ, आर्थिक, सामाजिक तथा सांस्कृतिक राजदूत पनि हुनुहुन्छ, त्यसको सदुपयोग गर्नुपर्छ ।’ उनले चाखलाग्दो इतिहास बोकेको जापानबाट धेरै कुरा सिक्न सकिने पनि बताए ।

एसोसिएसन जापानमा अध्ययन भ्रमण, तालिममा सहभागी भएर फर्किएका नेपालीहरूको संस्था हो । यसले नेपाल जापानको मित्रतालाई सुदृढ र विकासमा योगदान पुर्‍याउँदै आएको छ । सन् १९७३ मा स्थापना भएको एसोसिएसनमा जापानमा कार्यरत एक हजार ३०० नेपाली सदस्य छन् ।

एसोसिएसनले भ्रमणमा जाने नेपालीलाई अनुशिक्षण कार्यक्रम सञ्चालनदेखि ललितपुर सिन्धुपाल्चोकलगायत विभिन्न क्षेत्रमा कृषि, शिक्षा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

एशोसिएशनद्वारा प्रकाशित मिलन पत्रिका विमोचन गरिएको सो कार्यक्रममा एसोसिएसनका अध्यक्ष रामचन्द्र भुसाल, उपाध्यक्ष केदार पौडेल, महासचिव शान्तिलक्ष्मी शाक्य, नेपालका लागि जापानी राजदूत किकुता युताकालगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस