काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताको बालुवाटारमा जारी बैठकमा चुनावी तालमेलको मोडलबारे छलफल भइरहेको छ ।
आजै नेतृत्वले संयुक्त अपिल जारी गर्ने तयारी गरेका छन् । आसन्न स्थानीय चुनावमा एमालेविरुद्ध देशव्यापी गठबन्धन गरेर जाने निर्णय गरिएकोमा कतिपय ठाउँमा उम्मेदवार तय र भागबन्डामा गठबन्धनबिच खटपट देखिएपछि संयुक्त अपिल जारी गर्न लागिएको बताइएको छ ।
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय निर्वाचन तयारी तथा अनुगमन समितिले स्थानीय तहबाट आएको रिपोर्टको आधारमा तालमेलको मोडालिटीको सुझाव दिइसकेको छ ।