नारायण प्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नारायण प्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत


२५ चैत्र २०७८, शुक्रबार


काठमाडौँ । नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले चितवनका दाहाललाई राष्ट्रिय सभा सदस्य मनोनीत गरेकी हुन् ।

३ जना राष्ट्रिय सभा सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था अनुसार यसअघि राष्ट्रपतिले मनोनीत गरेका रामनारायण बिडारीको समय सकिएपछि रिक्त पदमा दाहाल नियुक्त भएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइसमेत रहेका उनी माओवादीको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस