३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्तिपूर्ण बाटोबाट हिन्दू राष्ट्र तथा संवैधानिक राजतन्त्र कायम गर्न सकिने– अध्यक्ष थापा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई चारैतिरबाट घेराबन्दी गरिएकाले स्थानीय तहको चुनावमा पार्टीले अपेक्षाकृत परिणाम हासिल गर्न नसकेको बताएका छन् ।

पार्टीको २८औँ स्थापना दिवसलाई सम्बोधन गर्दै अध्यक्ष थापाले पार्टीभित्रको आन्तरिक कमजोरीलाई सुधार गरी दोस्रो चरणको चुनावमा पार्टीको आदर्श तथा सिद्धान्तका साथै स्थानीय विकास निर्माणका बारेमा जनतालाई बुझाएर सफलता हासिल गर्नुपर्नेमा जोड दिए ।

उनले संविधानले कुनै पनि विचारलाई निषेध नगरेको बताउँदै देशमा शान्तिपूर्ण बाटोबाट हिन्दू राष्ट्र तथा संवैधानिक राजतन्त्र कायम गर्न सकिने दृढता व्यक्त गरे । अर्को प्रसङ्गमा उनले भने, “निषेधको राजनीति कसैले पनि गर्नु हुँदैन, मधेस केन्द्रित दललाई विश्वासमा लिएर दोस्रो चरणको निर्वाचनमा सहभागी गराउनुपर्दछ ।” पछिल्लो पटक ल्याइएको संविधान संशोधन राष्ट्रको हितमा रहेकाले आफ्ना दलले त्यसका पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी उनले दिए ।

पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले मुलुकमा विद्यमान समस्या समाधानका लागि सबै दल एकताबद्ध भई अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्दै अबको निर्वाचनमा पार्टीले राजनीतिक गतिविधि तीव्र रुपमा सञ्चालन गरी जनतालाई आकर्षित गर्नुपर्ने बताए । यसअघि चाबहिलस्थित पार्टी कार्यालयमा पार्टीको झन्डोत्तोलन गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस