२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सघन कक्षसहितको सर्पदंश उपचार केन्द्र सञ्चालन

अ+ अ-

काँकडभिट्टा । झापाको कनकाईस्थित कोटीहोममा अत्याधुनिक सुविधायुक्त सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ ।

यसअघि चारआलीस्थित नेपाली सेनाले आफ्नै परिसरभित्र सञ्चालन गरेको एउटा र दमकमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको अर्को सर्पदंश उपचार केन्द्र मात्र जिल्लामा थियो ।

सहारा नेपाल (साकोस) र नेपाल रेडक्रस सोसाइटी झापा शाखाको संयुक्त पहलमा कनकाई–४ कोटीहोमस्थित समर्पण भवनमा नयाँ उपचार केन्द्र स्थापना भएको हो । त्यसको नाम ‘कनकाई सहारा सर्पदंश उपचार केन्द्र’ राखिएको छ ।

आइतबार एक समारोहबीच झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले सो केन्द्रको सेवा शुभारम्भ गरे ।

६० लाखको लागतमा निर्माण गरिएको सर्पदंश उपचार केन्द्रमा एकैपटकमा छ जनासम्म बिरामीलाई बेडमै राखेर उपचार गर्न सकिने व्यवस्था छ ।

झापाको चारआलीमा जनसहयोगमा भवन निर्माण गरेर सञ्चालनमा ल्याइएको सर्पदंश उपचार केन्द्रको प्राविधिक व्यवस्थापन नेपाली सेनाले नै हेर्दै आएको छ । पूर्वी झापा, मेची अञ्चलका पहाडी जिल्ला र छिमेकी मुलुक भारतबाट समेत आउने सर्पदंशका बिरामीको उपचार त्यहाँ हुँदै आएको छ ।

यसैगरी, दमकमा नेपाल रेडक्रस सोसाइटीको स्थानीय शाखाले नै सर्पदंश उपचार केन्द्रको सम्पूर्ण जिम्मेवारी बहन गर्दै आएको छ ।

चारआली र दमकको माझमा पर्ने कनकाईमा सञ्चालन हुन थालेको उपचार केन्द्र अरु दुई वटा केन्द्रको तुलनामा बढी सुविधायुक्त रहेको छ । यहाँ अन्यत्र नभएको सघन उपचार कक्ष (आइसीयु) समेतको व्यवस्था हुने भएको छ ।
कनकाईको उपचार केन्द्रमा पाँच जना कर्मचारी चौबीसै घन्टा ड्युटीमा बस्ने छन् । एन्टी स्नेक भेनम नामक उपचारमा लाग्ने औषधि भने जिल्ला जनस्वास्थ्य कार्यालय झापामार्फत सरकारले उपलब्ध गराउने कनकाई सहारा सर्पदंश उपचार केन्द्रका कार्यवाहक अध्यक्ष लीला चिमरियाले बताए ।

झापामा वार्षिक दुई हजारको हाराहारीमा सर्पदंशका बिरामी उपचारका लागि चारआली र दमक पुग्ने गरेका छन् ।

वैशाखदेखि असोज महिनासम्म सर्पदंशका बिरामी धेरै हुने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस