नेपाल पीएनजीसँग दोस्रो खेलमा पनि पराजित « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नेपाल पीएनजीसँग दोस्रो खेलमा पनि पराजित


१२ चैत्र २०७८, शनिबार


काठमाडौँ । नेपाल पपुवा न्युगिनी (पीएनजी)सँग एक दिवसीय खेलमा दोस्रो पटक पनि पराजित भएको छ।

टस जितेर ब्याटिगं रोजेको नेपालले पीएनजीलाई जितका लागि २ सय ७९ रनको लक्ष्य दिएको थियो।

सो लक्ष्य पन्छ्याउन क्रममा पीएनजी ४८.४ ओभर खेल्दै ७ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो।

पीएनजीका लागि लेगा सिएकाले सर्वाधिक ९० रनको पालि खेले। त्यस्तै सेसे बउले ३८ रनको पालि खेलका थिए।

नेपालका लागि ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले १४० बल खेल्दै १०५ रन जोडे पनि टोलीलाई हारबाट बचाउन सकेनन्। त्यस्तै देव खनालले ८६ बल खेल्दै ७२ रन जोडेका थिए। रोहित पौडेलले ३६ बल खेल्दै ३५ रन जोडेका थिए। यस्तै कप्तान सन्दीप लामिछानेले ९ बल खेल्दै २४ रन जोडे। पीएनजीले शुक्रबार पनि नेपाललाई ६ रनले पराजित गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस