संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा सुडानमा भएका हिंसात्मक हमलाको निन्दा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा सुडानमा भएका हिंसात्मक हमलाको निन्दा


८ चैत्र २०७८, मंगलबार


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले हालैका दिनहरुमा सुडानमा जारी रहेका हिंसात्मक हमलाहरुको कडा शब्दमा निन्दा गरेका छन् ।

महासचिव गुटर्रेसले यस्ता हिंसात्मक हमलाहरु रोकेर आवश्यक मात्रामा नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन पनि माग गरेका छन्।

नागरिकको शान्तिपूर्ण रुपमा बाँच्न पाउने अधिकार भएकाले यी अधिकारको सम्मान गर्न आग्रह गर्दै यस्ता जघन्य अपराधमा संलग्नहरुलाई कडा भन्दा कडा कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

उनले हत्या हिंसा रोक्न माग गर्दै सम्बद्ध पक्षलाई सबै प्रकारका समस्याको समाधान शान्तिपूर्ण रुपमा खोज्न पनि आग्रह गरेका छन् । सुडानमा जारी रहेको पछिल्लो समयको हिंसामा परी सयौँ नागरिकले ज्यान गुमाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस