२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीका अर्थमन्त्रीको सम्पत्ति : घरजग्गा छैन्, १३ लाख ऋण 

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेका छन् ।

सार्वजनिक विवरण अनुसार अर्थमन्त्री विष्ट अन्य मन्त्रीहरूमध्ये गरीब देखिएका छन् । सुर्खेत बराहताल गाउँपालिका–१ घर भएका उनको विभिन्न समयमा एक लाख ५० हजारमा आफ्नै पारिश्रमिकबाट खरिद गरेको पाँच तोला सुन रहेको छ ।

मन्त्री विष्टले अहिलेसम्म मौज्दात रकम भने ७५ हजार मात्रै रहेको उल्लेख गरेका छन् । एनआईसी एशिया बैंकमा ३५ हजार र श्रीमती पुर्जा दलार्मी (विष्ट)को नाममा राष्ट्रिय वाणिज्य बैंक काठमाडौंमा ५० हजार मौज्दात रहको छ । उक्त रकम पारिश्रमिकबाट जम्मा गरिएको उल्लेख छ ।

अर्थमन्त्री विष्टको नाममा २ लाख ६० हजार बराबरको मोटरसाइकल रहेको छ भने श्रीमतीको नाममा १३ लाख ऋण रहेको विवरणमा उल्लेख गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलीमा कित्ता नम्बर ३१५० को २० लाख बराबरको जग्गा श्रीमतीकै नाममा रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । उक्त जग्गा पनि पुर्ख्यौली सम्पत्ति र ऋण गरेर जोडेको उल्लेख गरेका छन् ।

विष्टले वीरेन्द्रनगर नगरपालिका–३ मा कित्ता नं. १८६१ र ०–०८.२५ क्षेत्रफलमा जग्गा रहेको बताएका छन् । यो जग्गा श्रीमतीको माइतीबाट प्राप्त जग्गा हो ।

नेकपा माओवादी केन्द्रबाट गत मंसिर १४ गते मन्त्रीमा नियुक्त भएका विष्टले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्पत्ति विवरण बुझाएका हुन् । सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस