माओवादी केन्द्रको बैठकको समय सर्‍यो « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

माओवादी केन्द्रको बैठकको समय सर्‍यो


२२ फाल्गुन २०७८, आइतबार


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकको समय सरेको छ।

आइतबार बिहान ११ बजे तय गरिएको बैठक दिउँसो २ बजेदेखि बस्ने केन्द्रीय सदस्य रापप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए । बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्नेछ। पहिलो दिनको बैठक राष्ट्रिय सभागृहमा बसेको थियो।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले समसामयिक राजनीतिका विषयमा शुक्रबार बोलेका थिए । माओवादी केन्द्रको दोस्रो केन्द्रीय कमिटी बैठकले केन्द्रीय समितिलाई पूर्णता दिने र पदाधिकारी चयन गर्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस