१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड चैत दोस्रो साता

अ+ अ-

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अठारौँ ‘एनएसजेएफ–पल्सर स्पोर्टस् अवार्ड २०७७’ आगामी चैत ८ गते हुने भएको छ ।

एनएसजेएफले यस पटक नेपाली खेलकुद क्षेत्रमा इतिहास रचेका एक दशकका खेलाडीलाई सम्मानित गर्ने मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस पटक सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड तथा पिल्स च्वाइस अवार्ड गरी आठ विधामा मनोनयन हुने एनएसजेएफले जनाएको छ ।

दशक अवार्ड भएका कारण सर्वोत्कृष्ट युवा खेलाडीको विधा भने यस पटक समावेश गरिएको छैन । दशक खेलाडी पुरुष, महिला तथा प्रशिक्षकको छनोट कार्य सुरु भइसकेको आयोजकले जनाएको छ ।

पारा एथलिट, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड विजेता कार्यक्रमकै दिन घोषणा गरिने आयोजकले जनाएको छ । पिल्स च्वाइस अवार्डका लागि मनोनयन सार्वजनिक गरिनेछ ।

दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिल्स च्वाइस विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेताले भने जनही ५० हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

उक्त अवार्डको मुख्य प्रायोजक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकल रहनेछ । हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छा र आयोजक एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका निर्देशक गोल्छाले अवार्डसँग लामो समयदेखि सहकार्य गरिरहेको र यसलाई निरन्तरता दिइने बताए ।

एनएसजेएफका अध्यक्ष सुवेदीले कोरोना महामारीका कारण वर्ष २०७७ मा खेल गतिविधि धेरै नभएकाले वार्षिक प्रदर्शनका आधारमा अवार्ड प्रदान गर्न सम्भव नरहेको उल्लेख गर्दै दशकको प्रदर्शनका आधारमा अवार्ड दिने तयारी भएको बताए । उनले २०७७ भित्र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा खेलकर्मीलाई पनि समेटिने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस