सत्तापक्षकै कार्यकर्ताबाट आन्दोलन भएकोमा ओलीको आपत्ति « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सत्तापक्षकै कार्यकर्ताबाट आन्दोलन भएकोमा ओलीको आपत्ति


१० फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा सहभागी दलका कार्यकर्ताले नै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)विरुद्धको आन्दोलनका नाममा सडक भत्काएर सुरक्षाकर्मीमाथि आक्रमण गरेकामा आपत्ति प्रकट गरेका छन् ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार आयोजित साहित्यिक कार्यक्रममा अध्यक्ष ओलीले आफूमाथि ढुङ्गा मुढा गर्नेमाथि प्रतिकार गर्ने आदेश नहुँदा सुरक्षाकर्मी पछि हटेको देखिएको बताए। 
उनले यसबारे आफूले गृहमन्त्री बालकृष्ण खाँडको ध्यानाकर्षण गराएको बताए । आइतबार एमसिसी सम्झौता अनुमोदनको प्रस्ताव प्रतिनिधिसभामा पेस भएको थियो भने सोको विरोधमा वानेश्वरको सडकमा आन्दोलन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस